काठमाडौँ । रसुवामा ४२.५ मेगावाट जलविद्युत् आयोजनाकाे प्रवर्द्धक सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्पणबहादुर सिंह नियुक्त भएका छन् ।
कम्पनीले गत असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कार्यरत कर्मचारी मध्ये सबैभन्दा वरिष्ठ कर्मचारी सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सिईओको जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।