विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतले परमाणु ऊर्जा उत्पादनका लागि १० हजार मेगावाटको एउटै आणविक भट्टी निर्माण गर्ने भएको छ । विद्युत वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन परमाणु ऊर्जाबाट २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यअनुरुप विश्वकै ठूलो आणविक भट्टी निर्माण गर्न लागेको हो ।

भारतको महाराष्ट्रस्थित जैतपुरमा यो आणविक भट्टी निर्माण हुन लागेको हो । फ्रान्सेली ऊर्जा समूह इडिएफले आणविक भट्टी निर्माण गर्न भारतलाई सघाउँदैछ ।

इडिएफले आणविक भट्टीको इन्जिनियरिङ अध्ययन तथा उपकरण आपूर्ति गर्ने प्रस्ताव भारतसमक्ष पेश गरेको छ । फ्रान्सेली कम्पनीले गरेको प्रस्तावको मूल्याङ्कन भई केही महिनाभित्रै समझौता हुने अन्र्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

प्रस्तावका सम्बन्धमा भारत र फ्रान्सेली कम्पनीबीच छलफल तथा परामर्श भइरहेको छ । फ्रान्सेली कम्पनीले आणविक भट्टीको इन्जिनियरिङ अध्ययन तथा उपकरण आपूर्ति गर्नेछ भने अमेरिकी जिई स्टिम पावरले संरचना निर्माण गर्नेछ ।

यो आणविक भट्टीको निर्माण पूरा भएपछि १० हजार मेगावाट विद्युत उत्पादन हुनेछ । आणविक भट्टीबाट उत्पादन हुने विद्युतले ७ करोड घरधुरीमा विद्युतीकरण गर्न सकिने भारतको प्रक्षेपण छ ।  आणविक भट्टी भट्टीको निर्माण पूरा गर्न १५ वर्ष लाग्ने बताइएको छ । 

भारतको राष्ट्रिय परमाणु ऊर्जा क्षेत्र पिएसयु परमाणु ऊर्जा कर्पोरेशन मातहत पर्दछ । अहिलेसम्म आणविक भट्टी निर्माणको लागत विवरण सार्वजनिक गरिएको छैन । तर, निर्माण पूरा हुँदा दशौं अरब अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान छ ।

२० वर्षअघि नै प्रस्ताव गरिएको यो परमाणु भट्टी आयोजना स्थानीय अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीयले आणविक भट्टीमा भूकम्पको उच्च जोखिम रहिरहने तथा माछा मार्ने कार्यमा प्रभाव पर्ने भन्दै बिरोध गर्दै आएका थिए ।

सन् २०११ मा जापानमा आएको सुनामीका कारण फुकुसिमास्थित आणविक भट्टी भत्किएपछि सुरक्षाको कारणले निर्माण प्रक्रिया रोकिएको थियो । इडिएफका परमाणु विभाग प्रमुख जेवियर उर्सटका अनुसार आणविक भट्टी रहने स्थानको भौगर्भिक अवस्था फ्रान्सकै जस्तो बलियो रहेको बताए । 

महाराष्ट्रको राजनितिक दल शिवसेनाले आणविक भट्टी निर्माण विरुद्ध अभियान नै चलाएको थियो । अहिले आणविक भट्टी विरोधी गतिविधि घट्दै गएपछि निर्माण प्रक्रिया फेरि अघि बढेको हो ।

इडिएफका अनुसार यो आयोजना निर्माण अवभिभर २५ हजार स्थानीयले प्रत्यक्ष रोजगारी पाउने छन् । निर्माण पूरा भइसकेपछि पनि २ हजार ७ सय जनाले दीर्घकालका लागि रोजगारीको अवसर पाउने छन् । 

सौर्य र वायु ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत वितरण प्रणालीलाई परमाणु ऊर्जाले स्थायित्व दिने भारतको दाबी छ । सौर्य र वायु ऊर्जा प्रविधिबाट जडित क्षमताअनुसारको विद्युत उत्पादन नहुँदा खपत बढाउन पनि भारत परमाणु ऊर्जाको विकल्पमा गएको हो ।

भारतले पहिले नै अमेरिका, फ्रान्स, रुस, जापानलगायत देशसँग परमाणु ऊर्जा प्रविधि तथा विज्ञता आदान–प्रदान गर्न सम्झौता गरिसकेको छ । रुसले भारतमा परमाणु इन्धन आपूर्ति गर्नुका साथै आणविक भट्टी पनि निर्माण गरेको छ ।

अहिले भारतमा परमाणु ऊर्जा उत्पादन गर्ने २२ वटा आणविक भट्टी सञ्चालनमा छन् । यी आणविक भट्टीबाट कूल जडित क्षमताको ३ प्रतिशत ऊर्जा उत्पादन हुँदै आएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit