विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध शिवबालक गिरीले संस्था र ऊर्जा क्षेत्रमा वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अपूरणीय क्षति पुर्‍याएको बताएका छन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो धारणा राख्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्– सरकारको काम ठीक छ भनेको होइन, प्राधिकरण जतिसुकै फाइदामा किन नहोस् ऊर्जा मन्त्रालय माओवादीको कब्जामा र विद्युत् प्राधिकरण कुलमानजीको कब्जामा रहेको बेला देशको उर्जा क्षेत्रलाई भएको क्षति पूरा गर्न नेपाललाई कम्तीमा दुई दशक लाग्छ । यो मेरो आफ्नो व्यक्तिगत अनुमान हो । बाँकी राम जाने सबैको जय होस् ।

गिरी प्राधिकरणको १०औँ तहबाट करिब एक दशक अगाडि अवकाश भएका थिए । उनले प्राधिकरण र सिंगो ऊर्जा क्षेत्रको बेथितिको विषयमा कुरा उठाउँदै आएका छन् । मंगलबार पनि ऊर्जा खबरसँग कुरा गर्दै उनले भने, ‘कुलमानजीले ८ वर्षमा एउटा पनि जलाशय आयोजना बनाउन सक्नुभएन । जबकि, हरेक इन्जिनियरलाई थाहा छ, प्रणालीमा १०/१५ प्रतिशत बिजुली जलाशयको हुनुपर्छ ।’

घिसिङ दिगो जलविद्युत् विकासमा नलगी पैसा कमाउनतिर लागेको उनको दाबी । माओवादी पार्टी सरकारमा रहँदासम्म प्राधिकरणमा ममात्र रहन्छु भन्ने सोच राखेको हुँदा आजको अवस्था आएको पनि उनको धारणा छ । यतातिर लागेर उनले देश डुबाएको उनको ठम्याई छ ।

‘८ वर्षमा एउटा जलाशय आयोजना विकास गर्न सकेको भए घिसिङको सधैँ जय हुन्थ्यो,’ उनले भने, ‘तुइन काटेर नेपालीलाई महाकालीमा खसाल्ने भारतले सधैँभरि बिजुली दिन्छ भनेर विश्वास गरेर जलाशय आयोजना नबनाउनु मुर्खता हो ।’ निजी क्षेत्रसँग कमिसन खाएर नदी प्रवाही आयोजना विकासमा जोड दिएको पनि उनको आरोप थियो ।

बिजुली प्रशस्त भयो भने, त्यसलाई पर्यटन, यातायात, कृषि, उद्योगलगायत क्षेत्रमा प्रयोग गर्न सकिने उनको धारणा छ । यो भारतमा बेच्न नहुने उनको तर्क छ । नेपालको अपार जलसम्पदा बेच्नलाई नभई आफैँमा विकास गर्नका लागि प्रकृतिले दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३