विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ सय केभी डबल सर्किट भेरी कोरिडोर प्रसारण लाइनको अध्ययन अबको ५ महिनामा पूरा हुने भएको छ । सुर्खेतको मैनतडा सबस्टेसनदेखि पश्चिम रुकुमको त्रिवेणी सबस्टेसनसम्म पर्ने १ सय १० किलोमिटर लामो प्रसारण लाइनको अध्ययन चालू आर्थिक वर्षको असारभित्र सम्पन्न हुन लागेको हो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भेरी नदी बेसिनमा पहिचान भई निर्माणको विभिन्न चरणमा पुगेका तथा निर्माणमा जाने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइनको अध्ययन गरिरहेको छ । प्रसारण लाइनअन्तर्गत जाजरकोटको नलगाड,  सुर्खेतको मैनतडा र पश्चिम रुकुमको त्रिवेणीमा गरी ३ वटा सबस्टेसन पनि निर्माण हुनेछन् । 

अहिले प्रसारण लाइन आयोजनाको पुरक अध्यय तथा टावर राख्ने स्थानको पहिचान कार्यका लागि परामर्शदाता छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रसारण लाइन अन्तर्गत सुर्खेतको भेरीगंगामा मैनतडा, जाजरकोटमा नलगाड र पश्चिम रुकुमको आठविसकोटमा त्रिवेणी सबस्टेसन निर्माण हुनेछन् ।

अहिले नलगाड–मैनतडा खण्डको विस्तृत अध्ययन एवं वातावरणीय अध्ययन भइरहेको छ । प्रसारण लाइन र सबस्टेसनको जग्गा प्राप्तिको काम भइरहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले मैनतडा सबस्टेसनका लागि सुर्खेत जिल्ला प्रशासन कार्यालयको समन्वयमा ११ हजार ५ सय १३ वर्गमिटर जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको छ । ८१ हजार २ सय ६५ वर्ग मिटर ऐलानी जग्गाको धनीलाई पनि क्षतिपूर्ति वितरण गर्ने कार्य अघि बढेको छ । 

नलगाड सबस्टेसनका लागि जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ भने त्रिवेणी सबस्टेसनको आवश्यक जग्गा छनौटको काम भइरहेको कम्पनीले जनाएको छ । प्रसारण लाइन निर्माण गर्न कम्पनीले विद्युत विकास विभागबाट २०७५ फागुन २६ गते अध्ययन अनुमतिपत्र लिएको थियो । आगामी आर्थिक वर्षबाट निर्माण सुरु गरी सन् २०२४ भित्र सम्पन्न गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit