विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल दशै धमाका अफर’ जारी गरेको छ । बैकले नेपालीहरुको महान चाड बडादशैको उपलक्ष्यमा सो अफर सञ्चालनमा ल्याएको हो ।

अफर अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन बैंकले जनाएको छ । बैंकका अनुसार अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागु हुने छ ।

त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर आगामी २५ गतेसम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत  वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन । 

यस अफर मार्फत बैंकले आफ्नो ग्राहकवर्गहरुमा दशैको उपलक्ष्यमा नयाँ हर्श ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन सक्नेछन् ।

सन १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको १३५ शाखा, १८५ एटिएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit