विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीले असोज १५ गतेदेखि साधारण सेयर बिक्री खुलाउने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको साधारण सेयरको बिक्री खुलाउन लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा आमसर्वसाधारणका लागि छुट्याइएको २२ कराेड ५० लाख रुपैयाँ मूल्यकाे सेयरकाे बिक्री खुलाउन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कास गरी बाँडफाँड गरिनेछ ।

निष्कासन हुन लागेको साधारण सेयरको ५ प्रतिशत हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत हुन आउने ४५ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणका लागि असोज १९ गतेभित्र आवेदन दिनुपर्नेछ । यो समयभित्र निष्कासित सबै सेयरका लागि आवेदन नपरेको अवस्थामा ३१ गतेसम्म सेयर भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बाँडफाँडका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

पहिलाे चरणमा स्थानीयबासीका लागि १८ कराेड रुपैयाँ मूल्यकाे १८ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिएकाे छ । सेयर भर्ने सबै स्थानीयबासीले कम्पनीकाे सेयर पाएका छन् ।

यो बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी हो । कम्पनीले लगानी गरेको न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । सिभिल संरचना निर्माण कार्य पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३