विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले ईलाममा निर्माण सम्पन्न ९.५१ गरेकाे मेगावाटकाे माई बेनी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। नवीकरणीय ऊर्जा विकास गर्ने उद्देश्यअनुसार याे कम्पनीकाे पहिलो सफलता हाे ।

माई बेनीकाे विद्युत खरीद बिक्री सम्झौता (पिपिए) बमोजिम व्यापारिक उत्पादन सुरु गर्नुपर्ने समयभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन सुरु गरेकाे छ । कम्पनीका अनुसार आयाेजनाबाट असाेज १ गतेदेखि व्यापारिक उत्पादन भइरहेकाे छ । नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको रोहवरमा विभिन्न चरणको परीक्षण सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न गरेपछि व्यापारिक उत्पादन सुरु भएकाे जनाइएकाे छ ।

कम्पनीका अनुसार माई बेनीले वार्षिक ५३.२८ गिगावाट घण्टा विद्युत राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत भदाै १८ गतेदेखि असाेज १ गतेभित्र आवेदन दिन सकिने गरी निष्कासन तथा बिक्रीका लागि खुल्ला गरेकाे ५ लाख (५,००,०००) कित्ता साधारणा सेयर लक्ष्यभन्दा ३.६३ गुणा बढी आवेदन परेकाे छ ।

यसैगरी, आयोजनाको कूल १२ लाख ३० हजार (१२,३०,०००) कित्ता साधारण सेयर (आइपिओ) मध्ये थप ७ लाख ३० हजार (७,३०,०००) कित्ता सेयरसमेत खुल्ला गर्ने योजना रहेको छ । जसमा, कर्मचारीका लागि १४ हजार ६ सय (१४,६००), सामुहिक लगानी कोषका लागि ३६ हजार ५ सय (३६,५००) र सर्वसाधारणका लागि ६ लाख ७८ हजार ९ सय (६,७८,९००) कित्ता सेयर प्रभावित क्षेत्रमा बासिन्दाका लागि छुट्याइएको आइपिओको बाँडफाँड सम्पन्न भएपछि निष्कासन तथा बिक्री खुल्ला गरिनेछ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३