विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले कोरोना महामारी (कोभिड–१९) को संकटपूर्ण घडीमा मानवीय जीवन रक्षा र स्वस्थ जीवनयापन गर्न विशेष अनुष्ठान कार्यक्रम गर्ने भएको छ । यस विपत्तिको घडीबाट मुक्त रहन हिमालयन सिद्धमहायोगमार्फत उक्त कार्यक्रम गर्न लागिएको हो ।

जगद्गुरु श्रीरामान्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाबाट १५ दिने प्रत्यक्ष र निशुल्क प्रशिक्षण प्रदान गरिने कार्यक्रम छ । आगामी जेठ १२ गतेबाट सुरु हुने कार्यक्रम बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।

उक्त कार्यक्रम सामाजिक सञ्जाल (फेसबुक, युटुब), रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यामबाट प्रसारण गर्ने बताइएको छ । जगद्गुरु रामानन्दाचार्य सेवा पीठ चतराधाम बराहक्षेत्र र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले यस विषयमा पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण सम्पूर्ण आर्थिक क्रियाकलाप अवरुद्ध भई रोजगारीका र आय आर्जनमा समेत असर परेको छ । यसको उपचारका लागि आवश्यक औषधी, भ्याक्सिन लगायत स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । यो अवस्थामा ठूलो जनसंख्या अकाल मृत्युको मुखमा गइरहेको छ । विषम परिस्थितिमा जीवन जिउने स्वस्थ्य रहने उपायलाई उक्त अभियान सहयोग सिद्ध हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit