विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौंँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवा खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा यस्तो सुविधा प्रदान गर्ने निर्णय भएको हो ।

सम्झौतापश्चात् गरिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले तोकिएका संस्थाबाट विभिन्न साम्रगी तथा सेवा खरिदमा छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले अमेरिका (यूएसए) मा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेट्रो–ल्याब ईडिएक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

मेट्रो–ल्याब ईडिएक्सले बालबालिकालाई कोडिङ र एआई (आर्टिफिसिएल इन्टेलिजेन्ट) बुझ्न विशेष मद्दत गर्ने बताइएको छ । यस्तै, बैंकका ग्राहकले ललितपुरको लगनखेलमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिद गर्दा १५ प्रतिशत र तिलोत्तमा–५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

बैंकले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३