काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.५१ अंकले घटेको छ । साताको पाँचौ दिन (बिहीबार) सेयर कारोबार बन्द हुँदा नेप्से घटेर २२५०.९१ बिन्दुमा पुगेको छ ।
सेयर कारोबार बन्द हुँदा नेप्से १.०३ प्रतिशतले घटेको छ । नेप्से घट्दा २१९ कम्पनी ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर २३ हजार ५ सय ६९ पटक सेयर कारोबार भएको छ । यी सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९८ लाख १९ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, जलविद्युत समूहको ४४.७४ अंकले घट्दा २५६७.४० बिन्दुमा पुगेको छ । यो समूहको १३ लाख ६० हजार ८ सय ६४ कित्ता सेयर ९ हजार २ सय ५५ पटक किनबेच हुँदा ४९ करोड १९ लाख ९६ हजार ३ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अाज सबै समूहकाे सेयर काराेबार घट्दा सबै समूहको घटे पनि म्यिूचूअल फन्डको भने ०.११ अंकले बढेको छ ।