विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ११, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ३७ मेगावाटको तेजो थोगाम खोला जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तथा बोलपत्र सम्बन्धी कागजात तयार पार्न ठेक्का सम्झौता भएको छ । ताप्लेजुङमा प्रस्ताव गरिएको आंशिक जलाशय आयोजना (पिआरओआर) को प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्रालि र परामर्शदाता श्लेषा इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्नोफल हाइड्रोपावरका अध्यक्ष प्रकाश दुलाल र श्लेषा इन्जिनियरिङ कन्सल्टेन्सीका अध्यक्ष शशि शर्मा भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम अब परामर्शदाता कम्पनी श्लेषा इन्जिनियरिङले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन र आयोजनाको भौतिक निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण बोलपत्र कागजात तयार पार्ने छ ।

श्लेषा इन्जिनियरिङले यसअघि पनि विभिन्न जलविद्युत् आयोजनाहरूको प्राविधिक अध्ययनमा विशेष दक्षता र अनुभव बटुल्दै आएको छ । सम्झौतासँगै आयोजना कार्यान्वयनका लागि प्राविधिक पूर्वतयारीले तीव्रता पाउने र तोकिएको समयभित्रै निर्माण प्रक्रिया सुरु हुने विश्वास प्रवर्द्धक कम्पनीले व्यक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३