विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गोरखा । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माण गर्ने भएको छ । १०३.४ मेगावाटको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इन्जिनियर दुर्गेश मगरले बताए ।

उनका अनुसार कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको हो । बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत्‌गृह निर्माण गर्ने योजना कम्पनीको छ ।

आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इन्जिनियर मगरले बताए । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ‘ख’ मा जोडिनेछ ।

२२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत्‌गृहमा विद्युत् उत्पादन गरिनेछ । नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इन्जिनियर मगरले बताए ।

‘यी दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ’, उनले भने, ‘भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेक्षणमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेक्षणको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।’

दुवै आयोजनाबाट उत्पादन हुने ३२९.४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३