विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको प्रवर्द्धक विद्युत उत्पादन कम्पनी लिमिटेडले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय सुझाव माग गरिएको  छ ।

प्रभावितले आगामी एक साताभित्र आइपुग्ने गरी राय/सुझाव पठाउनुपर्नेछ । यो आयोजना प्रदेश नम्बर १ को संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर २ भई बहने अरुण नदीको खण्डमा अवस्थिच रहने गरी प्रस्ताव गरिएको छ ।

आयोजनाको बाँध छुम्सुर गाउँनजिकै अरुण नदीमा निर्माण हुनेछ । सो बाँधका कारण नदीमा करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ ।

आयोजना पूरा भएपछि वार्षिक २६५५.१२ गिगावाट घन्टा बराबरको विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit