विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले १३२ केभी दरौंदी कोरिडोर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा प्रस्तावित केराबारी सबस्टेसनदेखि तनहुँ जिल्लामा अवस्थित नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले विद्युत ऐन, २०४९ को दफा ४ मा भएको व्यवस्थाअनुसार विद्युत नियमावली, २०५० को नियम १३ बमोजिम प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिन लागेको हो ।

विभागले ३५ दिने सूचना निकालेर प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका सम्बन्धमा सरोकारवालासँग लिखित राय /सुझाव मागेको छ । विभागले आफ्नो वा विद्युत प्राधिकरणको कार्यालयमा प्राप्त हुने गरी लिखित राय÷सुझाव पठाउन सम्बन्धित सरोकारवालासँग आग्रह गरेको  छ ।

लाइन गोरखाको सिरानचोक गाउँपलिकामा प्रस्तावित १३२/३३ केभी केराबारी सबस्टेनदेखि तनहुँको आँबुखैरेनी नगरपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरण मार्किचोक सबस्टेसनसम्म निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब ३२ किलोमिटर लामो लाइनमा १ सय टावर रहनेछन् । 

एक टावरदेखि अर्को टावरसम्मको सरदर दुरी ३५० मिटर सम्म हुनेछ । लाइनको काम  निर्माण सुरु भएको ४ वर्षभित्र पूरा गर्ने गरी प्रस्ताव गरिएको छ । लाइन पूरा भएपछि गोरखा र तनहुँमा प्रतावित १२० मेगावाट विद्युत प्रणालीमा जोडिनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit