विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूहमा कार्यरत २० कर्मचारीलाई मिटररिडिङ सुपरभाइजरमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले सोमबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मुल्याङकनका आधारमा ४ तहका ती कर्मचारीलाई मिटररिडिङ सुपरभाइजर (५ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम ४३ क र विनियम ५० बमोजिम जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेष्ठता तथा कार्यसम्पादनका आधारमा ९ कर्मचारी र कार्यक्षमता मुल्याङकनका आधारमा ११ कर्मचारीलाइ बढुवा गरिएको छ ।

जेष्ठता र कार्यसम्पादनका आधारमा इश्वर भक्त श्रेष्ठ, शालिकराम खड्का, रेणुका अधिकार, उमेश राज काफ्ले, ज्ञानमाया भट्टराई, उमा काफ्ले कटुवाल, राधादेवी भण्डारी अर्याल, संगिता अधिकारी पौडेल, राममणि रिजाललाई मिटर रिडिङ सुपरभाइजरमा बढुवा गरिएको छ ।

यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा टंक प्रसाद अधिकारी, राज कुमार यादव, राजन बहादुर श्रेष्ठ, संगिता राई जिरेल, बिन्दिरा मर्हजन, मन्जु कुमारी खड्का, संजिता निरौला कोइरालालाई बढुवा गरिएको छ । राधा रानाभाट खत्री, हिमराज अधिकारी, विशाल दाहाल, संगिता बानियाँलाई मिटररिडिङ सुपरभाइजरमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit