विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनी सदस्यहरूलाई चुक्ता पूँजीको ४.२१०५ प्रतिशत अर्थात करिब ९१ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्न मंसिर १० गते साधारण सभा बाेलाएकाे छ । चाैथाे साधारण सभा काठमाडौंस्थित बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारण सभा हुने भएको हो ।

चुक्ता पूँजीको २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत अर्थात ९० करोड ९५ लाख ६८ हजार रुपैयाँ नगद लाभांश पारित गर्न साधारण सभा गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र  बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरेपछि लाभांस वितरण हुनेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ । बैंकले स्थापनाको छोटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३