विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ । टेलिकमले उक्त अफरहरू यी पर्वहरूका अवसरमा (आज) कात्तिक ६ गतेदेखि १५ गतेसम्म लागु हुने गरी उपलब्ध गराएको हो ।

डाटा प्याक अन्तर्गत २ सय ९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्रमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ मा उपलब्ध गराइएको छ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिने पनि टेलिकमले जनाकारी दिएको छ ।  

अफर प्राप्त हुने अवधिमा बोनसको रुपमा डाटा प्याकको लागि एमपोसमार्फत रिचार्ज गर्नुपर्नेछ । २ सय  देखि ४ सय ९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक पाइनेछ ।

यस्तै, पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय  मिनेटको निशुल्क भ्वाइस ओभर एलटीइ (भोल्टी) सेवा पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit