काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोबाङमा हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थालेको छ ।
पहिरोले खोलाको पानी बग्न थालेको हाल सम्भावित ठूलो खतरा टरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । खोला थुनिएपछि तल्लो तटीय क्षेत्रका बरिब ९ परिवारर्ला सुरक्षित ठाउँमा सारिएको र सचेत रहन आग्रह गरिएको उनले बताए ।
यो खोला कालीगण्डकीको सहायक खोला हो । शुक्रबार १२ः३० बजेतिर पहिरो खस्दा खोला थनिएको थियो ।