विद्युत अपडेट

  • प्राधिकरण : ८५१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७९३८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३७९८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२४०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०९१ मे.वा.
२०८३ साउन ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालसहित सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आज बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अध्यक्ष धिताल र उनले अन्य सदस्यहरूलाई सपथ गराएका हुन् ।

सपथ ग्रहणपछि अध्यक्ष तथा सदस्यहरूले आजै आयोग पुगेर पदबहाली गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा धिताल तथा सदस्यहरूमा जयराज भण्डारी, बलराम सिलवाल र लोकराज पाठकलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगमा अध्यक्षसहित चार पदाधिकारी नियुक्त भए पनि महिला सदस्यको एक पद भने अझै रिक्त रहेको छ।

डा. धिताल यसअघि पनि विद्युत् नियमन आयोगको अध्यक्षको जिम्मेवारीमा थिए । सदस्यमा नियुक्त भण्डारी र सिलवाल नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त निर्देशक हुन् भने पाठक ऊर्जा, जलस्रोत तथा नियामक क्षेत्रसँग सम्बन्धित अनुभव भएका व्यक्तित्व मानिन्छन् ।

सरकारले विद्युत् नियमन आयोगको नेतृत्व चयन गर्दै आयोगलाई पूर्ण संरचनातर्फ अघि बढाएको भए पनि महिला सदस्य नियुक्ति हुन बाँकी रहेको छ ।

विद्युत् नियमन आयोग विद्युत् क्षेत्रको नियमन, विद्युत् महसुल निर्धारण, उपभोक्ता हित संरक्षण तथा विद्युत् बजार व्यवस्थापनसँग सम्बन्धित नीतिगत र नियामक कार्य गर्ने स्वायत्त निकाय हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३