विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आवेदन अवधि थप भएको छ । जलविद्युत तथा सौर्य ऊर्जामा लगानी गर्दै आएको कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि सेयर आवेदन अवधि आगामी आइतबार (१३ गते) सम्मका लागि थप गरेको हो ।

कम्पनीले गत जेठ २० गतेदेखि खुल्ला गरेको दोस्रो चरणमा  २९ प्रतिशत  (१ः०२९ अनुपात) हकप्रद सेयर आवेदन अवधि आज सकिदैछ । आफ्ना लगानीकर्ताका लागि ५६ करोड ७० लाख रुपैयाँ मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद सेयर बिक्रीबाट संकलन भएको रकम निर्माणाधीन सौर्य विद्युत तथा जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म पहिलो चरणमा ४७ प्रतिशत (१ः०४७ अनुपात) हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले अहिले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ ।

यस्तै, रौतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो सौर्य विद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । १/१ मेगावाटका २  सौर्य विद्युत आयोजनाको निर्माण चाँडै सुरु हुँदैछ । यसअघि निर्माण पूरा भएका साढे १६ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३