विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदबाट बर्खास्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य मन्त्री तामाङलाई बुधबार बर्खास्त गरेका हुन् । सरकारको काममा असहयोग गरेको आरोपमा उनलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेको बुझाएको छ ।

नेपाली कांग्रेसबाट राज्य मन्त्री बनेका तामाङ निर्माण व्यवसायीसमेत हुन् । उनको कम्पनी कान्छाराम कन्स्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।  उनको पार्टी नेपाली कांग्रेसले नै उनलाई प्रधानमन्त्री मार्फत राजीनामा दिन दबाब दिँदै आएको भए पनि नदिएपछि बर्खास्त गरिएको बुझिएको छ । 

पछिल्लो समय मन्त्रिपरिषद्का निर्णय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका कामकाे समेत आलोचना गर्दै आएका थिए । त्यस्तै, ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनले कानुनविपरीत स्पष्टीकरण मागेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३