विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार (माघ ११ गते) भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली बक्यौता महसुल असुलीका लागि लाइन काटी बक्यौता असुलीमा सहयोग गर्न काठमाडौंको प्राधिकरण, बानेश्वर वितरण केन्द्रलाई पत्राचार गरेको हो ।

फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा सहयोग गर्न अनुरोध गर्दै भरतपुर वितरण केन्द्रले पत्रचार गरेको छ । ६ महिनादेखि सम्पर्कबिहीन फाउन्डेसनको ९ लाख ७४ हजार ७ सय ८० रुपैयाँ महसुल बाँकी छ ।

७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको भरतपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

पटक–पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको केन्द्रले जनाएको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३