विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकण, पर्वत वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी करिब ४८ लाख रुपैयाँ विद्युत महसुल बक्यौता असुली गरेको छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।

बारम्बार सूचना प्रकाशित गर्दा पनि महसुल नबुझाउने ३ सय ५ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख शिव नारायण गोशेलीले बताए । उनका अनुसार लाइन लाइन काटिएका ग्राहकमध्ये २ सय ५३ जनाले जरीवानासहितको ४८ लाख २६ हजार रुपैयाँ बुझाएपछि लाइन पुनःजोडिएको छ । बाँकी, ५२ जनाले महसुल बुझाएपछि उनीहरुको लाइन पुनःजोडिनेछ ।

मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि लाइन काटिने र  प्राधिकरणको नियममा टेकेर बाँकी रहेको महसुल असुली गरिनेछ ।

विद्युत महसुल सङ्कलन विनियम ८ को उपविनियम २ मा मिटर रिडिङ गरेको ३१ औ दिनदेखि ४० औ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४० औ दिनपछि महसुल बुझाएमा थप २५ प्रतिशत दस्तुर लाग्ने गोशेलीले बताए ।

केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन दैनिक रुपमा काट्दै आएको छ । लाइन काटिएर पनि बक्यौता नतिर्ने ग्राहकलाई कालो सूचीमा राखेर कारबाही गरिने पनि गोशेलीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit