विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ८ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाको विद्युत शनिबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । संखुवासभामा निर्माण सम्पन्न आयोजनाको विद्युत भोलि (शनिबार) देखि प्रणालीमा थपिन लागेको हो ।

आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सबै चरणको आन्तरिक परीक्षण पूरा भइसकेको प्रवद्र्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्रविधिक टोली आएर परीक्षण गरेर उत्पादन परीक्षण सुरु गर्न लागिएको हो ।

‘आयोजनाकाे एउटा युनिटको विद्युत शनिबारदेखि प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘ अर्को युनिटको विद्युत एक साताभित्र जोडिनेछ ।’ करिब २ साता प्राधिकरणले उत्पादन परीक्षण गर्नेछ, परीक्षण उत्पादनको समयमा २ सातासम्म प्राधिकरणले आयोजनाबाट निशुल्क विद्युत पाउनेछ ।

करिब २ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन थालिने बताए । आयोजनाले उत्पादन गर्ने विद्युत कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी, तथा गत बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याएका कारण निर्माण लम्बिँदा केही ढिलो हुन पुगेको हो ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६.९५ र बर्खाको उत्पादन ३९.३२ गिगावाट घन्टा हुने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ । माथिल्लो हेवामा लगानी गरेको समूहले नै यसअघि साढे ४ मेगावाटको हेवा आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit