विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनामा ५ बैंकले लगानी गर्ने भएका छन् । लमजुङमा निर्माण हुने आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ग्लोबल आइएमइ, मेगा, सिभिल र एनसिसी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् ।

आयोजनाको प्रवद्र्धक सुपर खुदी हाइड्रोपावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच सोमबार (हिजो) वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । कूल ४ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले गर्ने ऋण लगानी ७० प्रतिशत हो ।

३० प्रतिशत स्वपुँजी लगानी प्रवद्र्धक कम्पनीले गर्दैछ । कम्पनीले गर्ने १ अर्ब १६ करोड रुपैयाँ स्वपुँजी लगानी रहनेछ । 
आयोजनाको संरचना निर्माण गर्नुअघि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कानुनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षबाटै आयोजनाको संरचना निर्माणको काम सुरु गरिने भएको छ ।
कम्पनी र प्राधिकरणबीच २०७५ जेठ १० गते आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको थियो । पिपिएअनुसार आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ ।

निर्माण सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । प्राधिकरणले आयोजनाबाट २०८० साल माघदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका दिएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत ५ किलोमिटर दुरीमा रहेको ताडीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit