काठमाडौं । सुनसरी क्षेत्रको विद्युत सेवा आगामी आइतबार (१५ गते) सम्मका लागि बन्द गरिएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले लाइन मर्मत संभार तथा बुस कटानका लागि मंगलबार (हिजो) देखि सेवा बन्द गरेको हो ।
११ केभी फिडरको विद्युत सेवा बन्द गरी लाइन मर्मत संभार तथा बुस कटिङको काम सुरु गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार इनरुवा गाउँपालिकाको वडा नम्बर ४ र ८, रामधुनी नगरपालिकाको वडा नम्बर ८ क्षेत्रको लाइन मर्मत गर्न लागिएको हो ।
यस्तै, भोक्राहा नरसीङ, कोसी गाउँपालिका र बराहा क्षेत्र नगरपालिकाको वडा नम्बर ११ मा लाइन मर्मत र बुस कटिङ गर्नुपर्ने भएकोले सेवा बन्द गरिएकाे हाेल ।
सेवा दैनिक बिहान ९ बजे बन्द हुनेछ र साँझ ५ बजेबाट सुचारु हुनेछ । सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । सेवा आगामी मंगलबारसम्म बन्द हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भएमा निर्धारीत तालिका अगावै सेवा सुचारु गर्ने केन्द्रले जनाएको छ ।