विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । ऊर्जा तथा जलविद्युत पूर्वाधार निर्माणमा काम गर्ने मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगरेको र ठेक्का लिएर आयोजना अलपत्र पारेको भन्दै कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम फागुन १० गतेदेखि २०८१ फागुन ८ गतेसम्मका लागि कालो सूचीमा राखेको अनुगमनले जनाएको छ । कालो सूचीमा परेको यो कम्पनीले कालोसूची अवधिभर सरकारी टेन्डरमा सहभागि हुन पाउने छैन्, साथै, अन्य कालोसूचीमा नपरेका निर्माण कम्पनीसँग मिलेर पनि ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन् ।

रसुवामा १११ मेगावाटको रसुुवागढी निर्माण गरिरहेको प्रवर्द्धक रसुवागढी हाइड्रो पावर कम्पनीले सम्झौता अनुसार काम नभएको वा गुणस्तर कायम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारीस गरेको थियो । सोहीअनुरुप अनुगमनले मुुडभरीलाई २ वर्षका लागि कालो सूचीमा राखेको छ ।

रसुवागढीले मुडभरीको कमजोर कार्यसम्पादनका कारण प्रसारण लाइनको निर्माण कार्यले गति लिन नसकेपछि २०७९ भदौमा सम्झौता रद्द गरेको थियो । मुडभरीले १८ महिनामा सक्नुपर्ने जलविद्युत आयोजनाको विद्युतगृहदेखि चिलिमे हब सबस्टेसनसम्मको १० किलोमिटर लाइन ५ वर्षमा पनि सम्पन्न गर्न सकेको थिएन् ।

विविध कारण पटकपटक म्याद थप गर्दा पनि ठेकेदारको कमजोर कार्यसम्पादनका कारण लाइनको निर्माण सुस्त भएकोले ठेक्का तोडिएको थियो । उक्त कम्पनीले ठेक्का पाएका दर्जनाैं प्रसारण तथा वितरण लाइन समस्यामा छन्, समयमा निर्माण हुन सकेका छैनन् । यही कारण उत्पादित विद्युत खपत हुन सकिरहेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit