विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६ महिनाको अवधिमा नेपाल विद्युत प्राधिकरणकाे सहायक कम्पनी तथा निजी क्षेत्रले पहिचान गरी निर्माण सम्पन्न गरेकाे १४२.७३ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणाली थपिएकाे छ । निर्माण सम्पन्न भएका ६ वटा आयोजनाकाे विद्युत प्रणालीमा थपिएकाे हाे ।

सञ्चालनमा आएका आयोजनामध्ये सबैभन्दा ठुलो ३६ मेगावाटको माथिल्लो बलेफी–ए जलविद्युत आयोजना रहेको छ । बलेफी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको यो आयोजनाले कात्तिक ७ गतेदेखि परिक्षण उत्पादन सुरू गरेकाे हाे । हाल यस जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ।

श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले  रामेछापमा निर्माण सम्पन्न गरेकाे  २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले गत कात्तिक १९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

यस्तै, लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । हिमालयन पावर पार्टनर लिमिटेडले सञ्चालनमा ल्याएका यस आयोजनाले आयोजनाले असोज १४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यो आयोजना करिब ६ वर्षमा सम्पन्न भएको हो । उत्पादन सुरु गरेको १७ दिनमा यस आयोजनाले १ करोड रुपैयाँ बराबरको विजुली बेच्न सफल भएको हो । आयोजनाको काम सम्पन्न गर्न सुरुमा ४ हबै रुपैयाँ लाग्ने अनुमानका साथ साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले अहिले करिब ५ अर्ब रुपैयाँमा पूरा भएको जनाइएको छ । आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

यस्तै, लिवर्टी इनर्जीले २५ मेगावाटको दोर्दी–ए , दोर्दी खोला जलविद्युत कम्पनीले १२ मेगावाटको दोर्दी–१ र आशुतोष इनर्जी प्रालीले ८.६३ मेगावाटको चेपे खोला स्मल जलविद्युत आयोजना पनि सञ्चालनमा छन् । यस्तै, १ मेगावाट सिमरा र ५ मेगावाट ग्रिड कनेन्टेड आयोजनाकाे विद्युत प्रणालीमा थपिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३