विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दैलेख । नेपाल विद्युत्‌ प्राधिकरण र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको संयुक्त लगानीमा निर्माण भएको एचटी/एलटी लाइन एवम् वितरण ट्रान्सर्फमर यही पुस ५ गतेबाट चार्ज गरिएको छ । त्यस क्षेत्रका स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने उद्देश्यका साथ सो लाइन निर्माण गरिएको हो ।

प्राधिकरण दैलेख वितरण केन्द्रका अनुसार लाइन चार्जपछि ठाटिकाध गाउँपालिका-२ लकान्द्रा (५० केभिए), सोही गाउँपालिका-३ विशाला (५० केभिए), बहाकोट (५० केभिए) मा विद्युत्‌ सेवा पुर्‍याइएको छ । साथै,  ठाटिकाध गापा-३ माझखर्क (५० केभिए), यसै गाउँपालिका -४ गैरीगाउँ (५० केभिए) र चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ सिरोल (५० केभिए) मा एचटी लाइन एवम ट्रान्सफर्मर चार्ज गरी ग्रिडको पहुँच पुर्‍याइएको केन्द्र प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

'पर्याप्त वितरण संरचनाको अभावमा सबै घरधुरी समेट्न नसकिए पनि तत्कालकf लागि करिब ४५० घरधुरीले विद्युत् सेवा उपभोग गर्न मिटर जडान प्रक्रिया सुरु गर्न सक्नेछन्,' केन्द्र प्रमुख रावलले भने, 'विस्तारित क्षेत्रका घरमा बत्ति बाल्न स्थानीयवासीबाट निकै चासो व्यक्त भएको छ ।' लाइन विस्तार गर्न बाँकी क्षेत्रमा पनि छिटो सेवा पुर्‍याउनुपर्ने माग भएको र प्राधिकरणले सोही अनुसार काम गरिरहेको उनले बताए ।

ग्रामीण र दुर्गम बस्तीहरू उज्यालो भएको तथा स्थानीय स्तरमा साना तथा घरेलु उद्योगहरू स्थापना गर्ने अवसर प्राप्त भएकोमा स्थानीयवासी एवम जनप्रतिनिधिहरू हर्षित देखिएका छन् । विद्युतीकरण तथा लाइन विस्तारको काम रेनु कन्स्ट्रक्सन कम्पनी प्रालिसँगको ठेक्का सम्झौतामा पूरा भएको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३