विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित हुनेगरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भाद्र महिनादेखि लागु हुने गरी सेवा सञ्चालनमा ल्याएको हो । 

लगानीका विभिन्न उपकरण मार्फत व्यवस्थापन सेवाबाट लगानीकर्ताले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा पनि सन्तुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरूका लागि विभिन्न उपकरण म्युचअल फण्ड, बण्ड,डिबेञ्चर, ईक्विटी, आईपिओ/एफपिओ/हकप्रद सेयर तथा निश्चित प्रतिफल उपकरणहरूमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको समेत व्यवस्थापन गरिनेछ । 

व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत वार्षिक ०.५ प्रतिशत  व्यवस्थापन शुल्क लाग्नेछ ।

२ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सक्नेछ भने २ बर्ष पछि बाहिरिनु परेमा कुनै प्रकारको शुल्क तिर्नु पर्ने छैन । 

डिस्क्रेसनरी पिएमएस सेवा अन्र्गत सञ्चालित सेवा प्राप्त गरेका लगानीकर्ताले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फमेन्स शुल्क तिरी आफ्नो नाफाको सतप्रतिशत रकम जुनसुकै बेला झिक्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit