विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले निजी जलविद्युत प्रवर्द्धकले मागे अनुसार साधारण सेयर निष्कासन, स्वामित्व परिवर्तन र विद्युत खरिद सम्झौता (पिपिए) को स्वीकृति दिने गरी ५ निर्णय गरेको छ । असोज ४ गते (सोमबार) सम्पन्न आयोगको १३६औं बैठकले ती निर्णयहरू गरेको हो ।

आयोगका अनुसार एक जलविद्युत कम्पनीको पिपिए, दुई वटाको सार्वजनिक सेयरको निष्कासन, एउटाको सेयर संरचना परिवर्तन र अर्को एउटाको सेयर खरिद बिक्री सम्बन्धी प्रस्तावका लागि स्वीकृति दिएको छ ।

पुवा खोला–१ हाइड्रो पावर लिमिटेडले प्रवर्द्धन गरिरहेको २१ मेगावाटको आयु मलुन खोलाको पिपिएका लागि स्वीकृति माग गरे अनुसार आयोगले यसको प्रस्तावमा सहमति प्रदान गरेको छ । यस्तै, मन्दाकिनी हाइड्रो पावर र सिक्लेस हाइड्रो पावर लिमिटेडले सार्वजनिक सेयर निष्कासनका लागि गरेको मागसमेत आयोगले स्वीकृत गरेको छ ।

कास्कीमा निर्माणाधीन ४ मेगावाटको सर्दी खोलाको प्रवर्द्धक मन्दाकिनीले चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैयाँको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको सय रुपैयाँ अंकित सेयर निष्कासन गर्नेछ ।

उक्त परिमाणमध्ये आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशतले हुने ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ र कम्पनीका कर्मचारीलाई २३ लाख ५२ हजार १ सय रुपैयाँ छुट्ट्याएको छ । बाँकी १० करोड ९३ लाख ७४ हजार ८ सय रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई निष्कासन गर्न सहमित मागेकोमा आयोगले स्वीकृति प्रदान गरेको छ ।

उता कास्कीमै निर्माण भएको १३ मेगावाटको मद्क्यू खोलाको प्रवर्द्धक सिक्लेस हाइड्रो पावरले चुक्ता पुँजीको ५७.५ प्रतिशतले हुन आउने ११ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न सहमति मागेको थियो । यस कम्पनीले चुक्ता पुँजीको ४२.५ प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्ट्याएको छ ।

यसैगरी, आयोगले संखुवासभामा निर्माणाधीन १५.१ मेगावाटको सभा खोला ‘बी’ र ‘सी’ को प्रवर्द्धक अर्विट इनर्जी लिमिटेडले सेयर संरचना परिवर्तनको पूर्व स्वीकृति मागेकोमा सोका लागि सहमित प्रदान गरिएको छ । कम्पनीको हालको चुक्ता पुँजी १८ करोड ९८ लाख ७५ हजार रहेकोमा जगेडा सेयरबाट ९ जना सेयरधनीले १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर थप गरी २० करोड ८३ लाख ७५ हजार रुपैयाँ पुर्याउन सहमति मागिएको थियो ।

आयोगले गरेको अर्को निर्णय सिन्धुपाल्चोकमा निर्माणाधीन १०.६० मेगावाटको बलेफी 'ए' काे प्रवर्द्धक मुनलाइन हाइड्रो पावर कम्पनी प्रालिले सेयर खरिद बिक्रीका लागि मागेको सहमतिमा प्रदान गरिएको स्वीकृति हो । कम्पनीमा हाल ७ जना सेयरधनीहरूको २३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेकोमा साविककै सेयरधनीहरूले ३० करोड १४ लाख रुपैयाँको सेयर खरिद गर्ने तयारी छ । उक्त रकमबराबरको सेयर खरिद गरेपछि हुन आउने ५३ करोड ६९ लाख रुपैयाँको सेयर लगत कायम गर्न निवेदन दिएकोमा आयोगले यसमा स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit