विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आईएमई समूह अन्तर्गतको हाइड्रो सपोर्ट प्रालिद्वारा प्रवर्द्धित म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माणाधीन ६६.३० मेगावाटको मध्य–कालीगण्डकी जलविद्युत् आयोजनामा ७ वित्तीय संस्थाले करिब ११.१३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

नबिल बैंक लिमिटेडको अगुवाईमा एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र सरकारी वित्तीय संस्था हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लगानी गर्ने भएका हुन् । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अगुवा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच शुक्रबार हस्ताक्षर गरे ।

आयोजनामा नबिल बैंकको ३ अर्ब १२ करोड ९८ लाख, एभरेष्ट बैंकको २ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगाको २ अर्ब, नेपाल बैंकको १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब, प्रभु बैंकको १ अर्ब र एचआईडीसीएलको १ अर्ब रुपैयाँ लगानी हुनेछ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने आयोजनाको निर्माण अवधिको बैंक ब्याजबाहेकको लागत करिब १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

निर्माण अवधिको ब्याज जोड्दा आयोजनाको कुल लागत करिब १४ अर्ब ८३ करोड ९७ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएको छ । यसको आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब २२ करोड ३८ लाख रुपैयाँ हुन आउँछ ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले आकर्षक एवम् प्रतिफलयुक्त आयोजना र चुस्त व्यवस्थापन समूह रहेका कारण लगानी गर्न बैंक उत्साही भएको बताए । ‘वैदेशिक रोजगारीमा रहेका कामदारहरूको आम्दानी सुरक्षित तवरबाट देशमा भित्र्याइरहेको आईएमई समूहसँग जोडिएर लगानी गर्न पाउनुमा बैंकको प्रतिष्ठा समेत जोडिएको छ,’ उनले भने ।

यसैगरी आईएमई समूहका अध्यक्षसमेत रहेका प्रवर्द्धक कम्पनीका अध्यक्ष ढकालले पहुँचमार्ग, प्रसारण लाइन लगायतको सुविधाका कारण आयोजना आकर्षक रहेको बताए । ‘आयोजना राजमार्गसँगै जोडिएको हरेक दृष्टिले सुविधायुक्त छ, उत्पादित विद्युत् प्रवाह गर्न प्रसारण लाइनसमेत तयार छ,’ उनले भने, ‘आन्तरिकरूपमा खपत भएर बाँकी रहेको विद्युत् निर्यात गर्ने बाटो पनि खुलेको छ ।’

अर्कोतर्फ, नदी प्रवाही (आरओआर) आयोजनाहरूबाट हिउँदमा ३० प्रतिशत वार्षिक ऊर्जा पनि मुश्किलले उत्पादन हुने परिवेशमा मध्य–कालीगण्डकीबाट ३२ प्रतिशत उत्पादन हुने ढकालको भनाइ थियो । निर्माण सुरु भएको ४ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ । कम्पनीका अनुसार बाँध तथा इन्टेकबाहेक सम्पूर्ण संरचना भूमिगतरूपमा निर्माण गरिने छ ।

नेपाल विद्युत् प्रधिकरणले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षामा प्रतियुनिट ४.८० रुपैयाँमा विद्युत् किन्ने गरी विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाट घन्टा (१३ करोड युनिट) र वर्षामा उत्पादित २७७ गिगावाट घन्टा (२७ करोड ७० लाख युनिट) ऊर्जाबाट क्रमशः १ अर्ब ९ करोड रुपैयाँ र १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि ७ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी म्याग्दीको दाना सबस्टेसनमा लगेर जोडिने छ । यो आयोजनाको निर्माणपछि यसैको तल्लो क्षेत्रमा ८६ मेगावाटको क्यासकेड पनि अगाडि बढाइने ढकालले जानकारी दिए ।

आयोजनाको थप विवरण

अध्ययन अनुमतिपत्र लिएको : २०७० कात्तिक १५ गते
उत्पादन अनुमतिपत्र लिएको : २०७६ बैशाख १५ गते
ग्रिड कनेक्सन सम्झौता : २०७५ फागुन ३० गते
वातावरणीय अध्ययन : २०७६ असार ९ गते
सम्भाव्यता तथा विस्तृत अध्ययत : २०७७ असोज
पिपिए : २०८० असार ६ गते
विद्युत् उत्पादन गर्न तोकिएको मिति : २०८५ असार ७ गते

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३