विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पिस इनर्जी कम्पनी प्रा.लि.ले निर्माण गरिरहेको २८.१ मेगावाटको माथिल्लो काबेली खोला जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो मेकानिकल उपकरण उत्पादन, आपूर्ति र जडानको जिम्मेवारी फ्लोभेल इनर्जी प्रा.लि.लाई दिइएको छ । उक्त काम १५ महिनाभित्र पूरा गर्न एक समारोहका बीच पिस इनर्जी र फ्लोभेलबीच शुक्रबार सम्झौता भएको हो । सम्झौतामा प्रवर्द्धक कम्पनीका निर्देशक (सञ्चालक) श्यामप्रसाद मैनाली र फ्लोभेलका उपाध्यक्ष (मार्केटिङ) विवेक सक्सेनाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा हाइड्रो मेकानिकलतर्फको काम करिब २० प्रतिशत पूरा भइसकेको हुँदा फ्लोभेलले तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको निर्देशक मैनालीले बताए । ‘हालसम्म आयोजनाको कूल भौतिक प्रगति ३५ प्रतिशत पूरा भइसकेको छ, सुरुङतर्फको काम पनि करिब ४८ प्रतिशत सकिएको छ,’ उनले भने, ‘यसैले तोकिएको समय र लागतभन्दा अगाडि नै आयोजना प्रणालीमा जोड्न सकिनेमा हामी विश्वस्त छौँ ।’

यसैगरी, फ्लोभेलका उपाध्यक्ष सक्सेनाले नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासमा अगाडि बढिरहेको नेपालले विश्वास गरेर इलेक्ट्रो मेकानिकलतर्फको कामको जिम्मा दिएकोमा खुसी व्यक्त गरे । ‘हामी कम्पनीको प्रतिष्ठालाई मध्यनजर राख्दै गुणस्तरीय उपकरणमा कुनै सम्झौता नगरी सेवा प्रवाह गर्नेछौँ,’ उनले भने, ‘प्रवर्द्धकको निर्देशन र सम्झौताको मर्म अनुसार समयभित्रै काम पूरा हुनेछ ।’

सोही क्रममा गुणस्तरीय उपकरण आयात तथा जडानमा कम्पनी प्रतिबद्ध रहेको फ्लोभेलका नेपाल प्रतिनिधि रन्जिल बस्नेतले बताए । ‘यसले दशकौंदेखि नेपालमा काम गर्दै आएको छ, सेवा र उपकरणमा आजसम्म समस्या आएको सुनिएको छैन,’ उनले भने, ‘उसले आफ्नो प्रतिष्ठा अनुसार नै गुणस्तरीय सेवा दिइरहेको हुन्छ । बाँकी नेपाली प्रतिनिधिको हैसियतले निकट रहेर हामीले निगरानी गर्नेछौँ ।’

उता, आयोजना प्रमुख प्रकाश ढुंगानाले पनि तोकिएको समय र लागतभित्र काम पूरा गर्न तीव्रताका साथ काम भइरहेको बताए । ‘सरकारी निकाय तथा स्थानीयस्तरका सबै सरोकारवाला पक्षसँग सहकार्य गरेर काम भइरहेको हुँदा विद्युत् उत्पादन गर्ने मितिभन्दा अगाडि नै पूरा गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीसँग दक्ष तथा युवा जनशक्ति भएको हुँदा पनि हामी उत्साहित छौँ ।’

आयोजना विकासको संरचना

माथिल्लो काबेली खोलाको प्रवर्द्धक पिस इनर्जी अमेरिकामा स्थापित कम्पनी टेस्ला हाइड्रो युएसएको सहायक कम्पनी हो । यसमा अमेरिकामा रहेका गैरआवासीय नेपाली व्यवसायी तथा उद्यमीहरूको समूहद्वारा गठित टेस्ला हाइड्रोको ७८ प्रतिशत स्वामित्व रहेको छ । यी दुई कम्पनी नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएर जलविद्युत् विकास गर्ने उद्देश्यअनुसार अगाडि बढिरहेका छन् ।

सोही उद्देश्यअनुसार गत बैशाख २६ गते आयोजनामा लगानी हुने कूल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरिएको थियो । कूल लगानीको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने आयोजनामा ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ (७५ प्रतिशत) नेपाली बैंकहरूको लगानी छ । साथै, १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाइमा लगानी व्यवस्थापन गरिएको आयोजनामा आयोजनामा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ लगानी गरेका छन् । स्थानीय प्रभावित तथा सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) समेत निष्काशन गर्ने कम्पनीको योजना छ ।

आयोजनाको सिभिल संरचना निर्माणको जिम्मा इन्फ्राप्रो कन्स्ट्रक्सन प्रालिलाई दिइएको छ । आगामी सन् २०२७ जनवरीभित्र विद्युत्को व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक १६९.७४८ गिगावाट घन्टा बिजुली हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत् प्रस्तावित अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

‘हामी सुशासन र प्रणाली विकासमा काम गरिरहेका छौँ’

asम बाहिर रहे पनि निर्धारित समयभन्दा अघि नै निर्माण पूरा गर्ने गरी समूहले काम गरिरहेको छ । हाम्रा हरेक कामहरू डिजिटलाइज्ड छन् । सबैले प्रणालीमा बसेर काम गरेको हुँदा सजिलो छ । नेपालमा अनेक समस्या सुनिन्छ, प्रणालीले काम गर्दैन भनिन्छ तर त्यो होइन, प्रणाली भयो भने जोकोही पनि काम गर्न तयार छ । त्यो हाम्रो कम्पनीमा देखिएको छ ।

प्रणाली विकासमा खर्च गर्नुपर्छ, कसैलाई कुने समस्या हुँदैन । अर्को, हाम्रो कम्पनीमा हरेक खरिद प्रक्रिया पारदर्शी छन् । आयोजनामा मानव संसाधनको पक्ष बलियो छ । धेरै विषय आयोजना व्यवस्थापनले अधिकार प्रयोग गर्ने गरी संस्थागत संरचना बनाइएको छ । आयोजनामा काम गर्ने कामदारको उचित सुरक्षा प्रबन्ध मिलाइएको छ । हाम्रा लागि कम्पनीको अध्यक्ष जति महत्त्वपूर्ण हो, त्यति नै एउटा कामदार पनि । हामी पैसा कमाउन भन्दा नेपालमा प्रणाली बसाउन चाहन्छौँ । त्यो भइरहेको छ ।

पारदर्शी ढंगले समयसीमाभित्रै गुणस्तरीय निर्माणकार्य पूरा गरी नेपालमा आयोजना विकासको नयाँ मानक स्थापना गर्ने उद्देश्य छ । हामी समूहमा विश्वास गर्छौँ, आयोजनामा जोडिएर ड्रिलिङको काम गर्नेदेखि समूहका प्रत्येकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । त्यस्तै, संरचनाहरुको निर्माणमा गुणस्तरमा हामीले कुनै सम्झौता गर्दैनौँ । समयसीमाभन्दा करिब ३ महिनाअघि अर्थात् सन् २०२६ को अक्टोबरभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौँ । यसलाई उदाहरणीय बनाएपछि ५० देखि ३ सय मेगावाटसम्मको आयोजना विकास गर्ने हाम्रो योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३