विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले बाराको सिमरामा रिफ्युलिङ स्टेशन निर्माण गर्ने भएको छ । निगमले सिमरा विमानस्थलमा हवाई इन्धनका लागि पेट्रोल रिफ्युलिङ स्टेशन निर्माण गर्न लागेको हो ।

सिमरा र भरतपुर विमानस्थलमा हवाई इन्धनको लागि भण्डारण गृह नभएकाले पेट्रोल रिफ्युलिङ स्टेशन निर्माण गर्ने तयारी गरेको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । ‘एक साताभित्रै सिमरामा पेट्रोल रिफ्युलिङ स्टेशनको निर्माण सुरु गर्ने तयारी भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पेट्रोल रिफ्युलिङको लागि काठमाडौं नै आउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि सिमरामा पेट्रोलियम पदार्थको भण्डारण आवश्यक छ ।’

सिमराको रिफ्युलिङ स्टेशन निर्माणपछि भरतपुर विमानस्थल र कर्णाली प्रदेशको लागि जुम्लामा पनि पेट्रोल रिफ्युलिङ स्टेशन निर्माण गर्ने तयारी भइरहेको थानीले बताए ।

निगमले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको लागि भण्डारगृह निर्माण गरिरहेको छ । यसको ३० प्रतिशत भौतिक प्रगति भइसकेको थानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३