विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारतसीमासम्मको १८ किलाेमिटर ४०० केभी प्रसारण लाइन खण्डमा ४६ वटा प्रसारण टावर निर्माण सम्पन्न भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस प्रसारण लाइनमा कुल ५२ वटा टावर निर्माण गर्ने लक्ष्य रहेको छ । तीमध्ये ४६ वटा टावर निर्माण सम्पन्न भएका हुन् ।

एमसिए नेपालका अनुसार निर्माण सम्पन्न भएको खण्डमध्ये ६ किलोमिटर क्षेत्रमा प्रसारण लाइनका तार टाँग्ने काम पनि सम्पन्न भएको छ । नेपाल–भारत ४०० केभी प्रसारण लाइनको नेपालतर्फकाे हिस्सामा पर्ने यस प्रसारण लाइन खण्ड सञ्चालनमा आएपछि नेपालको विद्युत् प्रसारण प्रणाली थप सुदृढ हुने, विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने तथा क्षेत्रीय विद्युत् व्यापारलाई टेवा पुग्ने एमसिए नेपालले जनाएको छ । यसले नेपाललाई थप अन्तरसम्बन्धित र ऊर्जा सुरक्षाको दृष्टिले सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुग्ने समेत उल्लेख गरेको छ ।

एमसिसी नेपाल कम्प्याक्ट ६३ कराेड अमेरिकी डलर बराबरको संयुक्त कार्यक्रम हो, जसमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले ५० कराेड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ भने नेपाल सरकारले १३ कराेड अमेरिकी डलर बराबरको लगानी गरिरहेको छ ।

कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन भइरहेका छन् । यी आयोजनामार्फत प्रसारण लाइन निर्माण तथा स्तरोन्नति, नयाँ सबस्टेसन निर्माण र देशका महत्त्वपूर्ण सडक सञ्जालको मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको छ ।

हाल एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, दमौली र रतमाटे सबस्टेसन निर्माण तथा १३० किलोमिटरभन्दा बढी रणनीतिक सडक मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३