विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको काममा देखिएका अवरोध हटाउन समन्वय थालेको छ । मन्त्रालयले निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजनाको काम यसै वर्षभित्र सम्पन्न गर्ने गरी सम्बन्धित निकायसँग समन्वय अघि बढाएको हो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारका रूपमा रहेको राष्ट्रिय प्रसारण प्रणालीलाई बलियो बनाउन निर्माणाधीन प्रसारण लाइनको काम समयमै सम्पन्न गर्न देखिएका समस्या समाधानका लागि पहल थालेका छन् । यसक्रममा मन्त्रालयले बिहीबार १२ वटा प्रसारण लाइन आयोजनाका प्रमुखलाई बोलाएर निर्माणको अवस्था र देखिएका समस्याबारे जानकारी लिएको छ ।

छलफलमा आयोजना प्रमुखहरूले प्रसारण लाइन निर्माणका क्रममा वन विभागबाट रुख कटानमा अवरोध तथा सडक विभागबाट पोल र टावर स्थानान्तरणका लागि पर्याप्त समय नपाउनेलगायतका समस्या रहेको जानकारी गराएका थिए । ती समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेपछि निर्माण कार्यले गति लिन थालेको जानकारीसमेत आयोजना प्रमुखहरूले गराएका छन् ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार निर्माणाधीन प्रसारण लाइनको अवस्था र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिन १२ वटै आयोजनाका प्रमुखलाई मन्त्रालयमा बोलाइएको हो । 'निर्माणाधीन प्रसारण लाइनको अवस्था के कस्तो छ र तत्काल प्रसारण लाइनलाई व्यवस्थित बनाउन १२ वटा प्रसारण लाइन परियोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर वस्तुस्थितिबारे जानकारी लिइएको हो,' उनले भने ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार छलफलमा १२ वटै प्रसारण लाइन आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ । छलफलमा तुम्लिङटार–सितलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगन्ज–नानपारा १३२ केभी, लालबन्दी–सलिमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौंडा–ढल्केबर ४०० केभी र कालीगण्डकी–रिढी १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुखले निर्माण प्रगति प्रस्तुत गरेका थिए ।

इनरुवा–विराटनगर प्रसारण लाइनमा पटकपटक म्याद थप गर्दा पनि ठेकेदारले काम अघि नबढाएपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरेर तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी समन्वय गरिएको छ । त्यस्तै, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनमा देखिएको वनसम्बन्धी समस्या समाधान भइसकेको र आगामी कात्तिकसम्म निर्माण सम्पन्न हुने जानकारी मन्त्रालयमा गराइएको छ ।

मन्त्री श्रेष्ठका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार निर्माणाधीन प्रसारण लाइनमध्ये केही आयोजना छ महिनाभित्र र बढीमा एक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने अवस्था छ । 'घटीमा ६ महिनामा र बढीमा एक वर्षमा प्रसारण लाइनहरू मुख्य ग्रिडमा जोडिने अवस्था छ । यसले गर्दा ती क्षेत्रहरूमा भइरहेको ट्रिपिङ (झ्यापझ्याप बत्ती जाने) को समस्या समाधान हुनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३