विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तीव्र वेगसहितको शक्तिशाली हावाहुरीले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको टावर ढाल्दा बाँकेका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार बिहान करिब ८ बजेतिर आएको हावाहुरीले पोल ढालेको नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले ऊर्जा खबरसँग बताए ।  

‘टावर ढल्नासाथ जिल्लाको सम्पूर्ण आपूर्तिमा अवरोध भएको भए पनि हामीले गुलरियाबाट गएको अर्को ३३ केभी लाइनबाट धेरैजसो ठाउँमा विद्युत् सेवा सुचारु गराइसकेका छौँ,’ उनले भने, ‘टावर ढलेको ठाउँमा अस्थायी पोल गाडेर साँझसम्म लाइन सुचारु गराउने हाम्रो प्रयास छ ।’ 

उनका अनुसार हाल जिल्लाका खजुरा र केही ग्रामीण फिडरबाहेक सहरी तथा बजार इलाका गरी करिब ८० प्रतिशत क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट आपूर्ति सुचारु भइसकेको छ । लाइन सञ्चालनमा आएपछि साँझसम्ममा सबै क्षेत्रमा विद्युत् सुचारु हुने अपेक्षा छ । 

‘अहिले हामी ढलेको टावर मर्मत गर्नतिर लागेका छैनौँ, मर्मतमा समय लाग्छ’ उनले भने, ‘टावर ढलेको ठाउँमा ३ वटा पोल गाडेर लाइन सुचारु गर्ने प्रयासमा छौँ ।’ करिब १०० मिटरको दूरीमा रहेको टावर रहेकामा पोलको भार बहन क्षमता कम हुने भएकोले ५०/६० मिटरको दूरीमा पर्ने गरी ३ वटा पोल गाडेर लाइन सुचारु गर्ने प्रयास भइरहेको उनको भनाइ छ । 

हावाहुरीले विभिन्न ठाउँमा रुखसमेत ढलेकाले प्रसारण तथा वितरण लाइनमा अन्य ठाउँमा रहेका फल्टहरू समेत खोज्ने काम भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३