विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले ३ महिना अवधिमा ७ सय बढी आयोजनाको अध्ययन अनुमति जारी गरेको छ । आयोजना निर्माण गरेर विद्युत उत्पादन गर्न नेपाल विद्युत प्राधिकरण, उत्पादन कम्पनी र निजी जलविद्युत कम्पनीको नाममा अध्ययन अनुमतिपत्र जारी गरेको हो ।

विद्युत विकास विभागले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न जिल्लामा पहिचान भएको ७२१ मेगावाटका २३ जलविद्युत र सौर्य आयोजनाले अध्ययन अनुमति पाएका छन् । गत कात्तिकदेखि पुससम्मको अवधिमा अनुमतिपत्र जारी गरिएको हो ।

सौर्य ऊर्जाबाट ६९ मेगावाट र जलविद्युतबाट ६४३.८५ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमति पत्र वितरण गरिएको छ । विभागले ७ सौर्य आयोजना र १६ जलविद्युत आयोजनाको नाममा अध्ययन अनुमति पत्र जारी गरेको छ ।

उत्पादन अनुमति पाउनेमा मध्ये सबैभन्दा ठुलो ४ सय ९० मेगावाटका अरुण ४ जलविद्युत आयोजना रहेको विभागले जनाएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले अध्ययन गर्न गत कात्तिक ७ गते अनुमति पाएको हो । 

कात्तिक महिनामा मात्र अरुण ४ सहित ५ सय ८८ मेगावाटका ८ जलविद्युत आयोजनाले अध्ययन अनुमति पाएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै, मंसिरमा ४३.८५ मेगावाटका ५ आयोजनाले अध्ययन अनुमति पाएका छन् । पुसमा १२ मेगावाटका ३ आयोजनाले अध्ययन अनुमति पाएका छन् ।

यस्तै, सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्न कात्तिक महिनामा १७ मेगावाटका २ आयोजना, मंसिरमा १० मेगावाटका १ आयोजना र पुसमा ४२ मेगावाटका ४ आयोजनाले अध्ययन अनुमति पाएका छन् । यो अवधिमा विभागले उत्पादन अनुमति भने १३१ मेगावाटका ११ आयोजनालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit