विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सार्दै चुनावी घोषणा-पत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पार्टीले घोषणा-पत्रमा ‘स्वच्छ ऊर्जा स्वदेशमा खपत, हरित विकास, विदेशमा निर्यात’ भन्ने मूल नारासहित ऊर्जा विकासको प्रतिबद्धता प्रस्तुत गरिएको छ । 

घोषणा पत्रमा जलविद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्दै आन्तरिक खपत वृद्धि गर्ने र अतिरिक्त ऊर्जा छिमेकी मुलुकमा निर्यात गर्ने नीति लिइने उल्लेख छ । विशेषगरी बहुउद्देश्यीय जलाशययुक्त आयोजना, ठूला तथा मध्यम क्षमताका जलविद्युत् आयोजना र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राखिने उल्लेख छ । ऊर्जा भण्डारण (स्टोरेज) आयोजना विकास गरी हिउँद–वर्षायामबीचको आपूर्ति असन्तुलन व्यवस्थापन गर्ने योजना पनि अघि सारिएको छ ।

एमालेले राष्ट्रिय प्रसारण प्रणाली सुदृढीकरण तथा सीमापार प्रसारण लाइन विस्तारमार्फत क्षेत्रीय विद्युत् व्यापार विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । दक्षिण एसियाली ऊर्जा बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्यसमेत घोषणा पत्रमा समेटिएको छ ।

हरित ऊर्जाको प्रवर्द्धन, विद्युतीय सवारीसाधनको प्रयोग विस्तार, जीवाश्म इन्धन आयात प्रतिस्थापन तथा स्वदेशी उद्योगमा विद्युत् खपत बढाउने नीतिगत दिशा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् पहुँच सुनिश्चित गर्दै ऊर्जा पहुँचलाई समावेशी विकाससँग जोड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना, औद्योगिकीकरण प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणको माध्यमका रूपमा प्रस्तुत गर्दै पार्टीले दीर्घकालीन ऊर्जा–आधारित आर्थिक रूपान्तरणको खाका सार्वजनिक गरेको छ । हरित हाइड्रोजनजस्ता नवीन प्रविधिमा सम्भाव्यता खोज्ने  घोषणा पत्रमा उल्लेख छ ।

एमालेको ऊर्जा प्रतिबद्धताले उत्पादनदेखि निर्यातसम्मको समग्र शृङ्खलालाई समेट्ने प्रयास गरेको देखिन्छ । अब यी नीति तथा प्रतिबद्धता कार्यान्वयन तहमा कत्तिको प्रभावकारी रूपमा रूपान्तरित हुन्छन् भन्ने विषय भने आम नेपालीका लागि चासोको विषय रहने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३