काठमाडौँ । १०.९ मेगावाटका दुई विद्युत् आयोजना सञ्चालन गरिरहेको रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १८ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ८ गते) साझँबाट सकिन लागेको हो ।
कम्पनीले चुक्ता पुँजीको १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले ८ं.५ मेगावाटको बुटवल सौर्य विद्युत्, २ं.४ मेगावाटको रिडी खोला गरी जम्मा १०.९ मेगावटको दुई आयोजना सञ्चालन गर्दै आएको छ ।