काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो ।
गत पुस ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस ३० गते बस्ने कम्पनीको २८ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त बोनस सेयर वितरण गरिने कम्पनीले जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहने सेयरधनीले कम्पनीको उक्त लाभांश प्राप्त गर्नेछन् ।