विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी कोसी कोरिडोर प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरेको छ । भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युतगृहको खेर गइरहेको विद्युत प्रणालीमा ल्याउन प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा ट्यापिङ गरी सञ्चालन गरिएको हो ।

अहिले २२० केभी प्रसारण लाइनलाई ३३ केभीमा ‘ट्यापिङ’ गरेर सञ्चालन गरिएको आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार २२० केभी इनरुवा सबस्टेसन तयार भइनसकेकाले तत्कालका लागि ३३ केभीमा सञ्चालन गरिएको हो ।

‘तुम्लिङटार–इनरुवा खण्डमा प्रसारण लाइनको टावर निर्माणदेखि परीक्षण पूरा गरी बिहीबारदेखि सञ्चालन गरिएको छ,’ उनले भने, ‘तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रका जलविद्युतगृहको विद्युत खेर जान नदिने उद्देश्यले इनरुवा सबस्टेसन निर्माण हुने अवधिसम्म नकुरी प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरिएको हो ।’ लाइनमा ३२६ वटा टावर निर्माण भएका छन् ।

कोसी कोरिडोरमै जोडिने गरी विद्युत खरिद सम्झौता गरेका जलविद्युत आयोजना पूरा हुन अझै समय लाग्ने भएकाले २२० केभीमै सञ्चालन गर्न इनरुवा सबस्टेसन तयार हुन्जेल कुर्न पनि सकिन्थ्यो । तर, निजी ऊर्जा उत्पादकहरूको उत्पादन खेर जान नदिन चाँडै सञ्चालन गरिएको हो’ उनले भने ।

संखुवासभाको पिलुवा नजिकैबाट प्रसारण लाइनलाई ३३ केभीमा ट्यापिङ गरी चतरासम्म लगिएको छ । त्यहाँबाट ३३ केभी चतारा–धरान प्रसारण लाइनमार्फत धरान सबस्टेसनसम्म लगि वितरण गरिनेछ ।

अहिले चालू अवस्थामा रहेको ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर  प्रसारण लाइन ‘ओभर लोड’ हुँदा यस क्षेत्रमा उत्पादन हुने २२ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद हुँदै आएको छ । ७ जलविद्युत केन्द्रबाट  ३३ मेगावाट विद्युत उत्पादन हुँदै आएकोमा ११ मेगावाट मात्रै प्रणालीमा जोडिएको छ ।

प्रसारण लाइनले सबै विद्युत बोक्न नसक्दा जलविद्युतगृह कम क्षमतामा चलेका छन् । भोजपुरमा १३ मेगावाटका २, संखुवासभामा १२ मेगावाटका ४ र तेह्रथुममा साढे ७ मेगावाटको एउटा जलविद्युत केन्द्र सञ्चालनमा छन् । यी जलविद्युत केन्द्रले हिउँद याममा उत्पादन गर्ने विद्युत ३३ केभी प्रसारण लाइनले बोक्न सके पनि बर्खामा सधै विद्युत खेर जाने गरेको छ ।

कोसी कोरिडोर प्रसारण लाइन् सञ्चालनमा आएपछि  अहिले खेर गइरहेको सबै विद्युत प्रणालीमा आई प्रवद्र्धकले भोग्दै आएको समस्या समाधान हुनेछ । प्रसारण लाइन अन्तर्गत पर्ने बानेश्वर र तुम्लिङटार सबस्टेसन सम्पन्न भइसकेका छन् । कोरिडोर अन्तर्गत प्रसारण लाइनको २२० ढुंगेसाँघु–बसन्तपुर खण्ड पनि ६० प्रतिशत पूरा भएको छ । ताप्लेजुङको ढुंगेसाँघुदेखि तेह्रथुमको बसन्तपुरसम्म पर्ने ३५ किलोमिटर लामो यस खण्डमा १ सय ३२  वटा टावर निर्माण हुँदैछन् ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा २०७४ कात्तिकदेखि कोरिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमा प्रवाह गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो कोरिडोरमा जोडिने आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

प्रसारण लाइन पूरा भएपछि यहाँबाट २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७२ करोड रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ । कोसी कोरिडोरकै सहायक तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन पनि प्राधिकरणले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३