विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ग्रीन इनर्जी अन्ट्रप्रेनर्स नेपाल (ग्रीन) ले विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलसमक्ष विद्युत् क्षेत्रको विकाससँग सम्बन्धित ४ बुँदे माग पेश गरेको छ । ग्रीनका अध्यक्ष सूर्यप्रसाद अधिकारी सहितको टोलीले मंगलबार मण्डललाई भेटी उक्त माग राखेको हो ।

ग्रीनले पेश गरेका मागहरूमा विद्युत ऐन, २०४९ अनुसार उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष पुर्‍याउने, वित्तीय व्यवस्थापन नभएवापत बुझाउनु पर्ने जडित क्षमता अनुसारको रोयल्टी शुल्क हटाउने, वनको स्वीकृतिपश्चात विद्युत् खरिद सम्झौता (पिपिए) मा उल्लिखित आयोजनाको प्रस्तावित विद्युत् उत्पादन हुनुपर्ने मिति (आरसिओडी) पुन: तय गर्ने वा संशोधन गर्ने र विद्युत ऐन तथा नियमावलीसँग मेल नखाने विषयहरू निर्देशिकाबाट हटाउने तथा पुनरावलोकन गर्ने रहेका छन् ।

महानिर्देशक मण्डलसँगको भेटमा ऊर्जा क्षेत्रका समस्या र त्यसका निदानका बारेमा संस्थागत धारणा तथा माग पेश गरिएको ग्रीनका अध्यक्ष अधिकारीले बताए । टोलीमा सचिव दिपक पौड्याल, सदस्यहरू डा. कृष्णप्रसाद दुलाल, अर्जुनप्रसाद पौडेल र गौरव देवान रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३