काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको साढे ४० लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला गरेको हो ।
चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा हुन आउने सय रुपैयाँ अंकितका दरले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको कमपनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यले भदौ २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।