विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रारूपमा ४ वटा उच्च क्षमताका विद्युत् प्रसारण लाइन निर्माण गर्न इन्छुक निजी फर्म तथा कम्पनीहरूबाट आशयपत्र (इओआई) आह्वान गरेको छ । प्राधिकरणले ११८ किलोमिटर लामो तिङ्ला–दूधकोसी–ढल्केबर ४०० केभी, ९४ किलोमिटर लामो अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमिटर लामो न्यु खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमिटर लामो लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माणका लागि आशयपत्र आह्वान गरेको हो ।

प्राधिकरणले आइतबार जारी गरेको सूचना अनुसार आयोजना सञ्चालन गर्न आवश्यक पर्ने वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु–एआरआर) का आधारमा प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनी छनोट गर्ने छ । आशयपत्र पेश गर्ने प्रत्येक फर्म वा कम्पनीले बोलपत्रमार्फ बोली लगाएको आवश्यक राजस्वको आम्दानी रकम र अन्य प्राविधिक क्षमताका आधारमा प्रतिस्पर्धामार्फत निर्माणकर्ता कम्पनी छनोट गरिने छ । छनोट हुने कम्पनीले प्रसारण लाइन आयोजना निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण (बुट) प्रारूपमा विकास गर्नुपर्ने छ ।

प्राधिकरणका अनुसार तिङ्ला–दूधकासी–ढल्केबर लाइनको लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करिब १९ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ), अरुण हब (शीतलपाटी)–इनरुवा तथा न्यू खिम्ती ढल्केबरको ८ करोड लाख अमिरिकी डलर (११ अर्ब ५ करोड रुपैयाँ) र लप्सिफेदी–३ पिप्लेको १ करोड ८० लाख डलर (१ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरेको छ ।

इच्छुक निजी फर्म/कम्पनीले प्राधिकरणमा ३० दिनभित्र आशयपत्र पेश गरिसक्न प्राधिकरणको व्यापार विकास निर्देशनालयले आइतबार जारी गरेको उक्त सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३