विद्युत अपडेट

  • प्राधिकरण : ९७२० मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१४७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९९६६ मे.वा.घन्टा
  • आयात : १७७ मे.वा.घन्टा
  • निर्यात : १६२८८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४०१० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८३१ मे.वा.
२०८२ असार २५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हुम्लाको तीलगाउँमा हिमपहिरो र बाढी, ७ दिनपछि विज्ञ टोली बुझ्न जाने तयारीमा

काठमाडौँ । हुम्लाको लिमी उपत्यकामा पर्ने नाम्खा गाउँपालिका–६ तील गाउँमा हिमपहिरो र बाढीका कारण गाउँ नै जोखिममा परेको छ । चीनको सीमा क्षेत्र नजिकै पर्ने उक्त गाउँमा जेठ १ गते आएको बाढीले गाउँ रहेको ठाउँसम्मको भूभाग कटान गरेर बगाएको छ ।

गाउँको मास्तिर झण्डै ५ हजार ३ सय मिटरको उचाइमा पर्ने थाक्रामा रहेका दुई हिमताल भासिएर जमिनमुनिबाट गाउँसम्म बाढी र कटान भएको ६ नम्बर वडाका अध्यक्ष पाल्चोर तामाङले बताएका छन् ।

यद्यपि, बाढी र हिमपहिरोको कारणबाट अध्ययन गर्न केन्द्र (काठमाडौँ)बाट विज्ञसहितको टोली नाम्खा आउने क्रममा रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले ऊर्जा खबरसँग बताए । 

‘जेठ १ गते नाम्खामा बाढी र पहिरो आउँदा १८ परिवारसहित ३२ जनाको जनसंख्या रहेको तील गाउँको बस्ती नै जोखिममा परेको छ,’ उनले भने, ‘यद्यपि, के कारणले बाढी पहिरो आयो भन्ने विषयमा अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली आउँदै छ ।’

उनले उक्त गाउँमा रहेको सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ कटान गरेको बताए । त्यस्तै, तिल्जुङ्गखोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत्‌गृह सहितका संरचना समेत बगाएर ध्वस्त पारेको बताए ।

‘त्यस गाउँमा तत्कालै सौर्य विद्युत् जडान गरी गाउँलाई उज्यालो दिने विविषयमा हाल प्रदेश र केन्द्र सरकारसँग कुरा भइरहेको छ,’ उनले भने, ‘सुरक्षित स्थानान्तरणका लागि रातहका सामग्री उपलब्ध गराइएको छ ।’

उक्त स्थानमा उज्यालोका लागि हालसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुगेको उनले बताए । ‘जिल्ला सदरमुकाम सिमिकोटमा पनि हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन,’ उनले भने, ‘लिमी उपत्यकोको तील गाउँ त अझ विकट र चीनको सीमाना नजिक रहेको क्षेत्र हो, यहाँ आउन समय लाग्ला ।’

बाढी, पहिरो तथा कटानले उक्त गाउँमा पुग्ने सडक तथा पुल तहसनहस बनाउको छ । पहिरोले  हाल्जी र हिल्सा तर्फको बाटो र पुल समेत भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३