विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कोसी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन (कोरिडोर) उद्घाटन गर्ने योजनाका साथ भारतीय विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउन लागेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार बिहान नेपाल आइपुग्ने तालिका रहेको छ ।

उक्त प्रसारण लाइन मन्त्री दीपक खड्का र उनका उनका समकक्षी खट्टरले संयुक्तरूपमा उद्घाटन गर्ने तयार छ । संखुवासभादेखि इनरुवासम्म १४१ किलोमिटर प्रसारण लाइन भारतीय भारतीय एक्जिम बैंकको सहयोगमा २०७४ कात्तिकदेखि सुरु भएको थियो ।

मन्त्रालयका अनुसार संखुवासभास्थित वसन्तपुर, बानेश्वर, तुम्लिङटार र ढुङ्गेसाँघुमा निर्मित २२० केभीका चार वटा सबस्टेसन र प्रसारण लाइनको उद्घाटन गरिनेछ र कोसी करिडोरअन्तर्गत बानेश्वर–वसन्तपुर ३३ किलोमिटर, वसन्तपुर–ढुङ्गेसाँघु ३५ किलोमिटर र वसन्तपुर–इनरुवा ७४ किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाह गर्न यो कोरिडोर गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ जलविद्युत आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

उक्त प्रसारण लाइनअन्तर्गत तुम्लिङटार–वसन्तपुर करिब १ हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) वसन्तपुर करिब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवा खण्डमार्फत करिब २ हजार मेगावाट विद्युत् प्रवाह हुन सक्छ । यसलाई पूर्वी नेपालको विद्युत् प्रवाहको मुख्य पूर्वाधारसमेत मान्ने गरिएको छ । यसले पूर्वी नेपालमा उत्पादित विद्युत् प्रवाह गर्नुका साथै भारससँगको विद्युत् व्यापारमा समेत विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आयोजनाको सुरुवात

सन् २०१६ बाट निर्माण सुरु आयोजना ९ करोड अमेरिकी डलर भारत सरकारको सहुलियत ऋण र नेपाल सरकारको २.२ करोड अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

कोरिडोर प्याकेज–२ अन्तर्गत (इनरुवा, वसन्तपुर, बानेश्वर (चैनपुर) र तुम्लिङटार) मा सबस्टेसन निर्माण गर्न पहिलो पटक २०७३ असार २० गते ठेक्का आह्वान गरिएको थियो । त्यतिबेला कैलाश देव बुइल्ड इन्डिया एस लिमिटेड (केडिबी–एस जेभी) ले सबैभन्दा कम रकम प्रस्ताव गरेको थियो ।

प्राधिकरणले केडिबी–एस जेभीसँग २०७३ फागुन ११ गते (२२ फेब्रुअरी, २०१७) मा सम्झौता गरेको थियो । प्राधिकरणले केडिबी–एस जेभीसँगको ठेक्का रद्द गरी पुरानो खर्चसमेत समेटेर १८ महिनामा पूरा गर्न दोस्रो ठेकेदार लार्सेन एन्ड टर्बो लिमिटेडबाट काम गराइएको थियो ।

आयोजनाले पहिलो ठेक्कावाला कम्पनीलाई झन्डै एक वर्षसम्म काम नलगाई दोस्रो चरणमा करिब ५७ करोड १० लाख रुपैयाँ बढी प्रस्ताव गर्ने लार्सेन एन्ड टर्बो लिमिटेडलाई ठेक्का दिइएको । यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा कुलमान घिसिङ थिए ।

यो प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउँदा कोसी प्रदेशका सबै जिल्लामा दिगो र गुणस्तरीय विद्युत्‌को पहुँच पुर्‍याउन सकिने प्राधिकरणले जनाएको छ । कोरिडोरअन्तर्गत संखुभासभाको बानेश्वर, तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभी क्षमताका ३ सबस्टेसन निर्माण भएका छन् । इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३