विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले टाटाको विद्युतीय ट्याक्सी किन्नलाई ८० प्रतिशत ऋण उपलब्ध गराउने भएको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र बैंकबीच इभी ट्याक्सी एक्सप्रेस–टी खरिदमा ८० प्रतिशत ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

नबिल बैंकले उक्त ट्याक्सी खरिद गर्न ८० प्रतिशत ऋण ७ वर्षका लागि उपलब्ध गराउने जनाएको छ । यसैगरी, टाटाको इभी ट्याक्सी ग्राहकहरूले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर किन्न सक्ने सिप्रदीले जनाएको छ ।

१४.१० प्रतिशत ब्याजदर कायम गरिएको ऋण पाटनमा रहेको बैंकको शाखाबाट उपलब्ध हुने नबिल बैंकले जनाएको छ । एक्सप्रेस–टी टाटा मोटर्सको प्रिमियम फ्लीट इलेक्ट्रिक सेडान हो । जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरूको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ ।

एक्सप्रेस–टी इभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लीट अपरेटरले टाटा मोटर्सबाट खरिदका लागि अब थप सहज र छिटो प्रक्रियामा ऋण पाउने बताइएको छ ।

बैंकका अनुसार फ्लीट सञ्चालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पुरा गर्नका लागि विचार गरी लिइनेछ, जसले गर्दा फ्लीट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ ।

नेपालमा इभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लीट इभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएका छन । यस अन्तर्गत अग्रणी सुविधाहरूदेखि लिएर फ्लीट इभीलाई आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङसम्मका सुविधा उपलब्ध छन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit