विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । लमजुङ जिल्लामा निर्माणाधीन माथिल्लो खुदी जलविद्युत् आयोजनाले १३२ केभीको ५.४९५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक  कम्पनी सुपर खुदी  हाइड्रोपावर लिमिटेडले उक्त प्रसारण लाइन निर्माणका लागि अनुमति माग्दै विद्युत् विकास विभागसमक्ष आवेदन दिएको छ । 

कम्पनीका अनुसार आयोजनाको स्विचयार्डदेखि सोही गाँउपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको खुदी सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिने छ । उक्त प्रसारण लाइनको भोल्टेज १ लाख ३२ हजार भोल्ट, सिङ्गल सर्किट रहने र २६ मेगावाट सम्मको विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ । 

प्रसारण लाइनअन्तर्गत २० वटा टावरहरू निर्माण गरिने छ । टावरको उचाई अधिकतम २५ मिटरसम्म रहने तथा टावरहरू बिचको दूरी २१० मिटर देखि ५५५ मिटरसम्म हुनेछ । 

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।

आयोजना निर्माणको लागि कूल १०.०९१ हेक्टर जमिन आवश्यक पर्ने छ, जसमध्ये २० वटा टावरहरूको लागि स्थायी रूपमा जम्मा ०.२ हेक्टर जग्गा आवश्यक पर्दछ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्र भित्र अन्तर्गत ९.६९१ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।

प्रसारण लाइन निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३