विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्ला अर्न्तगत मादी गाउँपालिका वडा नम्बर २ मा निर्मााणधीन १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । जलविद्युत आयोजनाको प्रवर्द्धक हिमालयन हाइड्रो पावर लिमिटेडले उक्त क्षमताको विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन लागेको हो । 

नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत गृहको स्वीचयार्डबाट सुरु भई सोही गाउँपालिकाको वडा नम्बर ७ सिल्दुजुरेस्थित अपर मादी जलविद्युत आयोजनाको स्वीचयार्डसम्मकाे ४.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पुरा भएको आयोजनाको अनुमतिका लागि विभागमा आवेदन दिएको छ ।

विभागले निर्माण अनुमतिका लागि ३५ दिने सूचना जारी गर्दै अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ ।

प्रसारण लाइन निर्माण गर्दा ९६ वटा पोल जडान गरिनेछ । एक पोल देखि अर्को पोलसम्म अधिकत्तम दुरी ७० मिटर तथा ४० मिटर हुने अध्ययनले देखाएको छ । 

जमिनको सतहबाट पोलको औसत उचाई १३ देखि १५ मिटर हुनेछ । आयोजना निर्माणका लागि जम्मा ४.३८ हेक्टर जग्गा आवश्यक पर्नेछ र जसमध्ये ०.२४ हेक्टर स्थायी रुपमा पोल फाउन्डेसन निर्माण गरिनेछ र बाँकी ४.१४ हेक्टर अस्थायी रुपमा विद्युत मार्गको अधिकार क्षेत्रको लागि प्रयोग गरिनेछ । 

लाइन निर्माणको काम ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण् अदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३